आचार संहिताको उल्लङ्घन गरे सिधै ‘रेड कार्ड’ : प्रमुख निर्वाचन आयुक्त थपलिया

पालिका डायरी
७ फाल्गुन २०७८, १९:३९
आचार संहिताको उल्लङ्घन गरे सिधै ‘रेड कार्ड’ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं  ।   प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा संयमित हुन राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगद्वारा छैटौं निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दल र उम्मेदवारले आचार संहिताको उल्लङ्घन गरे फुटबल खेलाडीलाई जस्तै रेड कार्ड देखाउने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।

‘फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्ड अलि खतरनाक हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण क्षतिको अनुमान समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गर्नुभयो ।’

प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रूपमा लिएर काम गर्न सुझाव दिनुभयो ।

 

प्रतिक्रिया