रेडियो बुलेटिनको आयोजनामा हेटौँडामा एमसिसिका बारेमा दलहरुसँग अन्तरक्रिया

पालिका डायरी
७ फाल्गुन २०७८, १५:४१
रेडियो बुलेटिनको आयोजनामा हेटौँडामा एमसिसिका बारेमा दलहरुसँग अन्तरक्रिया

रेडियो बुलेटिन ८९.७ मेघाहर्जको आयोजनामा अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा मकवानपुरका दलहरुको धारणा बिषयक अन्तरक्रिया कार्यक्रम शनिबार गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य मदनकुमार दाहालले सत्तागठबन्धनमा आबद्ध रहेका दलहरुले संसदमा पेश गरेपछि मात्रै आफ्नो दलले यसको बिषयमा निर्णय गर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा आफ्नो धाराणा राख्दै नेकपा एकिकृत समाजवादी जिल्ला सचिव बिष्णु दाहालले आफ्नो दल एमसिसि हुबहु पास गर्ने कुराको बिपक्षमा रहेको बताउदै आफ्नो दलले त्यही अनुसार निर्णय गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा विप्लवका केन्द्रिय सदस्य नयनले एमसिसिको ईतिहास पुरा अध्ययन गर्दा र यसमा भएका प्राबधानहरुले यो राष्ट्रघाती भएको प्रष्ट हुने बताउनुभयो । यसर्थ पनि यसको आफुहरुले बिरोध गरेको र जनता पनि यसको विपक्षमा रहेको दावी गर्नुभयो ।

कार्यक्रममा क्रान्तिकारी माओवादी बैद्यका जिल्ला सेक्रेटरी पारस नेपाली,उन्नत लोकतन्त्र पाट्रीका जिल्ला संयोजक अयोध्याकुमार भट्टराई, नेकपा मालेका जिल्ला उपसचिव हरीकृष्ण अधिकारी, बैज्ञानिक समाजवादी कम्युनिष्ट पाट्री जिल्ला सचिव यदुकुमार बिक, राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रिय समन्वय समिति सदस्य रामहरी धिताललगायतको उपस्थीति रहेको थियो ।

देशभरी एमसीसी परियोजनकाको समर्थन र बिरोधमा आन्दोलन भईरहेको पछिल्लो समयमा मकवानपुरका जनताले पनि यो बिषयमा आफ्ना नेताहरुको स्पष्ट धारणा सुन्न पाउएकाले रेडियोले राखेको उद्धेश्य पुरा भएको रेडियो बुलेटिन ८९.७ मेघाहर्जका प्रबन्ध निर्देशक अनिल कुमार खातिले बताउनुभयो । उहाँले आफुहरुले जनताको यस्तै चासो र जनसरोकारका बिषयमा यस्ता कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यो अभियान निरन्तर रहने प्रतिबद्धता गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रम रेडियो बुलेटिन ८९.७ मेघाहर्जको सभाहलमा आयोजनामा भएको कार्यक्रमको सभाध्यक्षता रेडियो बुलेटिन ८९.७ मेघाहर्जका प्रबन्ध निर्देशक अनिलकुमार खातीले गर्नुभएको थियो भने सहजीकरण मसान उपासकले गर्नुभएको थियो ।

प्रतिक्रिया