भिरबाट लडेर महिलाको मृत्यु
मोलुङ गाउँपालिका–४ स्थित भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कदै गर्दा भिरबाट लडेर मोलुङ–४ घले गाउँकी ३८ बर्षीया मिना सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
भिरबाट लडेर घाइते भएकी सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
प्रतिक्रिया