प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

पालिका डायरी
६ फाल्गुन २०७८, ०७:५८
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं    प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ । दसौं अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा एमसीसी टेबल गर्ने चर्चा भएपनि संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने उल्लखे छैन् । लामो समयदेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

यसअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे बस्ने गरी बैठक तय गरेको उहाँको सचिवालयले जनाएको छ ।

त्यसले बैठकका कार्यसूची तय गर्नुका साथै संसदमा कायमै रहेको अवरोध खुलाउने विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी हुन्छन् ।

प्रतिक्रिया