तोलामा १५ सयले बढ्यो सुनको मूल्य

पालिका डायरी
१ फाल्गुन २०७८, ११:०९
तोलामा १५ सयले बढ्यो सुनको मूल्य

साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य गत सोमबारदेखि बढ्दै आएको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया