अनलाइन अर्डर गरेका २ आईफोन पाएपछि फरार १९ वर्षीय युवक प्रहरी खोरमा

पालिका डायरी
२८ माघ २०७८, २१:४७
अनलाइन अर्डर गरेका २ आईफोन पाएपछि फरार १९ वर्षीय युवक प्रहरी खोरमा

काठमाडौं । अनलाइनबाट अर्डर गरेको मोबाइल डेलिभरी भएपश्चात फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मगाएको फोन प्राप्त गरे पश्चात अर्कैको घर देखाई फरार १९ वर्षीय उर्गेन टासि शेर्पालाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर बस्ने सोलुखुम्बु, खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ घर भएका शेर्पालाई ३ थान मोबाइल सहित पक्राउ गरिएको छ । जसमा आईफोन ट्वेल्भ प्रो म्याक्स, आईफोन ११ प्रो म्याक्स र आईफोन एक्स रहेका छन् ।

काठमाडौं महानगरपालिका ७, चाबहिलबाट उनले अनलाइनबाट दुई थान आईफोन अर्डर गरेका थिए । डेलिभरीका लागि उनले बौद्ध स्तूपा आसपास बोलाएका थिए ।

मोबाइल हात परेपछि शेर्पा छेउछाउमा रहेको घर देखाउँदै पैसा लिएर आउँछु भन्दै भागेका थिए । उनीमाथि चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया