नेपालले ओमानलाई हरायाे, दीपेन्द्रले नटआउट ७३ रन बनाए

पालिका डायरी
२८ माघ २०७८, २१:१९
नेपालले ओमानलाई हरायाे, दीपेन्द्रले नटआउट ७३ रन बनाए

काठमाण्डाै / चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले जित हात पारेकाे छ । ओमानले दिएकाे एक सय ३६ रनकाे लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायाे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रन बनाए । यस्तै आरिफ शेखले २५ रनकाे याेगदान गरे । बलिङतर्फ ओमानका लागि कलेमुल्लाहले दुई विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा भएकाे खेलमा ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनायाे । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए । यस्तै माेहम्मद नदीमले ३१ रनकाे याेगदान गरे ।

बलिङतर्फ नेपालका लागि अविनाश बाेहराले तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक–एक विकेट लिए ।

आजकाे खेलसँगै दीपेन्द्रसिंह ऐरीले टी–२० करिअरमा आफ्नो पाँच सय रन पूरा गरेका छन् । उनी याे उपलब्धि हात पार्ने नेपालकाे पहिलाे खेलाडी बनेका छन् । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले याे उपलब्धि हात पारेका छन् ।

यस्तै आजकाे खेलबाट कप्तानमा डेब्यु गरेका सन्दीप लामिछानेले पहिलाे खेलमा नै सफलता हात पार्न सफल भए ।

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो ।

प्रतिक्रिया