तनाव कम गर्न रूसले युक्रेन सीमाबाट फौजलाई पछि हटाउनुपर्छ : बेलायत

पालिका डायरी
२८ माघ २०७८, ०८:१९
तनाव कम गर्न रूसले युक्रेन सीमाबाट फौजलाई पछि हटाउनुपर्छ : बेलायत

रुस र पश्चिमा देशबीचको तनाव कम गर्न रुसले युक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले जनाएको छ ।

बेलायती विदेशमन्त्री लिज ट्रुस मस्कोमा भएको एक कार्यक्रममा युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू खतरनाक सुरक्षा चासोको विषय बनेको प्रतिक्रिया दिनुभएको हो ।

विदेशमन्त्री ट्रुसले युरोपेली सुरक्षा र युक्रेनको तनावबारे मस्को र पश्चिमा देशका अधिकारीबीच हप्तौँको गहन वार्ताको पछिल्लो समयमा रूसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गर्नुभएको हो ।

मस्कोमा भएको वार्तापछि ट्रुसले लाभरोभसँगको छलफलले सकारात्मक सन्देश दिएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

रूसले आफ्नो पूर्व सोभियतकालीन भूभागमा रहेको छिमेकी युक्रेन वरिपरि एक लाख सेना तैनाथ गरेपछि युक्रेनमा द्वन्द्व चर्काउने तयारी भइरहेको टिप्पणी हुँदै आएको छ । तर रुसले यसको खण्डन गरिरहेको छ।

युक्रेनको सीमामा रहेको रूसी र बेलारूसी फौजबीच ठूलो सैन्य अभ्यास सुरु हुँदा विदेश मन्त्रीहरूबीच भेट भएको हो ।

प्रतिक्रिया