यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरू, चुनाव प्रचार प्रसार नगर्न आयोगको आग्रह

पालिका डायरी
१० माघ २०७८, ०७:४६
राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

काठमाडौ ।  माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ ।

मौन अवधिभर निर्वाचन प्रसारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामाग्री हटाइनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने आयोगले जनाएको छ ।

उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले मौनाअवधि नैतिक बन्धन र कानूनी हतियार भएकोले आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक गरेको बताउनु भयो ।

आयोगले निर्वाचन प्रयोजनका लागि निर्वाचन मण्डलको अन्तिम मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदानका लागि आवश्यक कागजपत्र तय गर्न भनेको छ । मतदानको व्यवस्था मिलाउनका लागि सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत आयोगले दिएको छ ।

प्रतिक्रिया