चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ

पालिका डायरी
७ माघ २०७८, ०८:५८
चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ

चितवन /  चितवनमा नक्कली नोट कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने खैरहनी नगरपालिका–३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ रहेका छन् ।

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन् । १० थान एक हजार रुपैयाँका नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्दासम्बन्धी कसुर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ ।

पक्राउ परेकाबाट नक्कली एक हजार रुपैयाँका १० थान नोट, एक–एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया