नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पालिका डायरी
७ माघ २०७८, ०८:५३
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो ।

पहिरो हटाउन काम सुरु भएको छ । तर, ठूलो पहिरो खसेका कारण बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ ।

टोपो खोला नजिक पुल बन्न लागेको र त्यसका लागि खनेको ठाउँबाट राति सुख्खा पहिरो खसेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया