दुई दिन घटेको शेयरबजार आज ३३ अंकले बढ्यो, पाँच अर्ब ७७ करोड रुपैयाँको कारोबार
![शेयर बजार ७१ अङ्कले बढ्यो, बीमा समूहमा हरियाली, १७ वटा कम्पनीको शेयरमा सर्किट](https://www.palikadiary.com/wp-content/uploads/2021/12/Share_nepse_market_aXzVpjR70b-992x521.jpg)
लगातार दुई दिनसम्म घटेको शेयरबजार आज भने बढेको छ । शेयरबजार परिसूचक नेप्से आज ३३ दशमलव शून्य तीन अंकले बढेर दुई हजार नौ सय ३१ दशमलव ३४ विन्दुमा पुगेको छ ।
सामूहिक लगानी कोष र बैंकिङ समूहबाहेक सबै समूहको शेयर उकालो लागेकोमा बीमा, फाइनान्स, विकास बैंक, जलविद्युत र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ । एक करोड ५९ लाख ८९ हजार कित्ता शेयर पाँच अर्ब ७७ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सोरेन्सको २२ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज मैलुङ खोला जलविद्युत, तेह्रथुम पावर कम्पनी र बुद्धभूमी नेपाल हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढेपनि बोटलर्स नेपालको शेयर झण्डै दुई प्रतिशतले ओरालो लागेको छ ।
प्रतिक्रिया