आगो ताप्ने क्रममा दुई जनाको मृत्यु

पालिका डायरी
६ माघ २०७८, १०:३७

रुपन्देहीको तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

बुधबार साँझ बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ढिस्कोसँगै खसेका ५ जना घाइते भएका हुन् । घाइते मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन । नदी किनारमा आगो तापिरहेका २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया