४ किलो लागुऔषध गाँजा सहित घलान पक्राउ

पालिका डायरी
५ माघ २०७८, १७:३०

हेटौंडा ।  ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले ४ किलो लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

मनहरी गा.पा वडा नं ९ स्थित घुम्ति पसलमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटियको प्रहरी टोलिले मंगलबार राति १० बजे चेकजाँच गदा घुम्ति पसलमा लुकाई छिपाई राखेको ४ किलो गाँजासहित पक्राउ गरियको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दियको छ ।

पक्राउ पर्नेमा ४९ बर्षिय राम बहादुर घलान रहेका छन् घलान माथि थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया