शेयरबजार ३८ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

पालिका डायरी
५ माघ २०७८, १७:१७
लगातार चार दिन बढेको शेयर बजार आज घट्यो

काठमाण्डाै /  हिजो झण्डै ११ अंकले घटेको शेयरबजार परिसूचक नेप्से आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेप्से आज ३८ दशमलव ३५ अंकले घटेर दुई हजार आठ सय ९८ दशमलव ३१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत, होटल, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो आठ अर्ब ४४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ६ अर्ब दुई करोड रुपैयाँमा एक करोड १८ लाख कित्ता शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै अपी पावर कम्पनीको २० करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भयो । घलेम्दी हाइड्रो र कालिका लघुवित्त वित्तीय संस्थाको शेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि बुद्धभूमि नेपाल हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया