श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ

पालिका डायरी
५ माघ २०७८, १३:२९

रोल्पाको सुनछहरी गाउँपालिका–६ झिरवाङमा श्रीमान्को हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । ४५ वर्षीय काले पुनमगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा ४१ वर्षीया मीना पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार श्रीमानको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो । मीनाले श्रीमानको हत्या के कारणले गरिन् भन्ने कुरा बाहिर आइसकेको छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

 

प्रतिक्रिया