हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना

पालिका डायरी
४ माघ २०७८, १७:०४
हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना

 हेटौंडा /  हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
गत विहीबार देखी आज मंगलबार सम्ममा सक्रिय संक्रमित हुनेहरुको संख्या ३६ जना रहेको अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताउनुभयो ।

संक्रमित हुनेमा ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मी सहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय सहयोगीहरु ८ जना गरी ३५ जनामा कोरोना संक्रमण भएको अध्यक्ष प्रसाईले बताउनुभयो । आफुमा समेत लक्षण देखिएको र अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई समेत कोरोना संक्रमण भएको उहाँले बताउनुभयो ।

तीन सय भन्दा बढी कर्मचारी रहेता पनि हामीले १० बजे देखी १ बजे सम्मलाई ओडिी सेवा सञ्चालन गर्ने रणनीति बनाइरहेको बताउनुभयो । मकवानपुरमा कोरोनाको संक्रमणको संख्या बढिरहेको अवस्थामा इर्मजेन्सीभएमा मात्र अस्पताल आउन नत्र सामान्य भएमा नजिकको स्वास्थ्य संस्थामा उपचार गर्न आग्रह गर्नुभएको छ ।

हामीलाई माघ महिनाभर अस्पतालको सेवामा केहि समस्या उत्पन्न भएता पनि विभिन्न प्राइभेट अस्पताल तथा स्थानीय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु परिचालन गराउनको लागि सम्बन्धित निकायलाई जानकारी गरि आवश्यक पहल गरिने समेत बताउनुभयो ।

प्रतिक्रिया