मुलुकभर एकैदिन १०२५८ जनामा कोरोना पुष्टि, १ संक्रमितको मृत्यु

पालिका डायरी
४ माघ २०७८, १६:५८
३१७ संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ७३० जना र ४ हजार ९५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ७२ हजार १९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना मुक्त भए, १ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ६२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८२८ जनाको परीक्षण हुँदा हालसम्म कुल ५९ लाख ३२ हजार १२२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।

प्रतिक्रिया