प्रदेश २ को राजधानीको टुंग्याउन मतदान जारी

पालिका डायरी
३ माघ २०७८, १५:२८
प्रदेश-२ को नाम र राजधानी तोक्नै सकस, आज पनि प्रदेश सभामा छलफल

प्रदेश २ को राजधानीको टुंग्याउनका लागि मतदान भइरहेको छ ।

जनकपुस्थित प्रदेशसभामा भइरहेको मतदानले जनकपुरलाई नै प्रदेशको राजधानी कायम गर्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत, जनता समाजवादी पार्टीलगायतका ठूला दल जनकपुरलाई नै राजधानी बनाउनुपर्नेमा एक मत देखिएका छन् ।

सोमबार धारणा राख्ने सांसदहरू अशोककुमार यादव, सञ्जयकुमार, डिम्पलकुमारी झा, उपेन्द्र महतो, मञ्जुकुमारी यादव र सत्रुधन महतोले मधेश प्रदेश र जनकपुर राजधानी हुनुपर्ने बताए ।

सांसद मनोजकुमार सिंहले प्रदेशको नाम जानकी र राजधानी जनकपुर राखिनुपर्ने बताए । प्रदेश सरकारको अवधि समाप्त हुन लागिसक्दा पनि प्रदेश २ ले नाम र राजधानी टुंगो लगाउन सकेको छैन ।

प्रदेश सभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमतका आधारमा प्रदेशको राजधानीबारे निर्णय हुनेछ । मतदानमा दुई तिहाइ नआए प्रस्तावित नामहरु उपर कुनै निर्णय हुने छैन । हाल प्रदेश सभामा १०४ जना सांसद छन् । यसको दुई तिहाइ ७० हुन आउँछ ।

प्रतिक्रिया