४९६१ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

पालिका डायरी
२ माघ २०७८, १९:२०
कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५६२ जनाको पिसीआर परीक्षण गर्दा ४ हजार ५३४ र २ हजार ५६९ जनाको एन्टिजेन परीक्षण गर्दा ४२७ गरि ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी गत २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आइतबार ४३५ जना संक्रमणमुक्त भइसकेका छन् भने हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया