सय केजी गाँजासहित तीन भारतीय पक्राउ

पालिका डायरी
२ माघ २०७८, १५:३७
सय केजी गाँजासहित तीन भारतीय पक्राउ

सय केजी लागुऔषध गाँजा तस्करी आरोपमा सुनसरी प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुनसरीको बर्जु गाउँपालिका– ५ तीनमुहानबाट सय केजी लागुऔषध गाँजासहित भारत बिहार राज्यको कटहरिया– १० का २६ वर्षीय मिठु राय, पूर्णिया सर्सीका– १८ वर्षीय पंकज महलदार र कटहरिया– १९ का ५० वर्षीय जितेन्द्र रायलाई प्रहरीले पक्राउ गरेको हो ।

सीमानाकामा गाँजाको ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिबार राति पौने ९ बजे तीनजना भारतीयलाई सय केजी गाँजासहित नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया