नेपालले पठाएको सहयोग सामग्री काबुलमा हस्तान्तरण

पालिका डायरी
२ माघ २०७८, १५:३०
नेपालले पठाएको सहयोग सामग्री काबुलमा हस्तान्तरण

नेपालले अफगानिस्तान पठाएको मानवीय सहयोग सामग्री हस्तान्तरण गरिएको छ। आइतबार सहयोग सामग्री लिएर परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वमा एक प्रतिनिधिमण्डल काबुल पुगेको थियो। काबुल विमानस्थलमा लम्सालले सहयोग सामग्री संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि डा. रमिज अलकबरोवलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले बताएको छ।

अफगानिस्तानमा ३१ साउनदेखि तालिबानले सत्ता नियन्त्रणमा लिएसँगै व्यापक मानवीय र आर्थिक संकट बढेको छ। मानवीय संकटलाई ध्यानमा राख्दै नेपालका तर्फबाट निजी क्षेत्रबाट सहयोग उठाएर नेपाल सरकारले औषधि, लत्ताकपडा, घरायसी सामान काबुल पठाइएको हो।

प्रतिक्रिया