मुलुकभर एकैदिन ४६३६ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

पालिका डायरी
१ माघ २०७८, १६:५९
कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७०३ जना र ४ हजार १४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ५० हजार २४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३५० जना कोरोना मुक्त भए, ४ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ५० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १६ हजार ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५५६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५८ लाख ८६ हजार ६९८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ ।

प्रतिक्रिया