मोदीको भनाइप्रति गर्जिए विश्वप्रकाश र गगन: लिपुलेक हाम्रो हो, तत्काल सेना फिर्ता गर (बिज्ञप्ति)

पालिका डायरी
३० पुष २०७८, २०:१७
मोदीको भनाइप्रति गर्जिए विश्वप्रकाश र गगन: लिपुलेक हाम्रो हो, तत्काल सेना फिर्ता गर (बिज्ञप्ति)

काठमाडौं ।  नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले अतिक्रमित भूभाग लिपूलेकमा भारतले सडक निर्माण जारी राखेकोे प्रति आपत्ति जनाएका छन् ।

महामन्त्रीद्वय शर्मा र थापाले एक विज्ञप्ति नै जारी गरेर केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित भूभागमा सडक निर्माण कार्यलाई निरन्तरता दिइरहेको भनेर खुलमखुल्ला दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

बिज्ञप्तिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले यसका सम्बन्धमा नेपाली काँग्रेसले विगत देखि नै संस्थागत रुपले आफ्नो धारणा सार्वजनिक गर्दै आएको उल्लेख गरिएको छ ।

विगतको अभिव्यक्ति, अडान र धारणामा नेपाली काँग्रेको प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि कालापानी, लिपुलेक र लिम्पियाधुरामा सडक निर्माण जारी रहेको बताएका थिए । उक्त भनाइप्रति नेपाल सरकारले औपचारिक रुपमा कुनै अभिव्यक्ति दिएको छैन । काँग्रेसले भने केही समय पछि यो प्रतिकृया दिएको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अतिक्रमित उक्त भूमिसहित नेपालको नक्सा जारी गरेको थियो । तत्कालीन ओली सरकारले उक्त समस्या समाधानका लागि भारत सरकारसँग कुटनीतिक नोट लेखेपनि भारतले वास्ता गरेको थिएन ।

यस्तो छ दुई महामन्त्रीको बिज्ञप्ति

 

प्रतिक्रिया