कोरोनाका बिरामीलाई उपचारमा कमी हुन दिदैनौ–हेटौंडा अस्पताल

पालिका डायरी
३० पुष २०७८, १९:२०
कोरोनाका बिरामीलाई उपचारमा कमी हुन दिदैनौ–हेटौंडा अस्पताल

हेटौंडा।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा संचालित हेटौंडा अस्पतालकोरोना भाइरस महामारीको तेस्रो लहरसंग जुध्नका लागि तयार हालतमा रहेको छ । प्रतिष्ठानले आज पत्रकार सम्मेलन गर्दै कोरोनाको दोस्रो लहरमा पनि संक्रमितहरुलाई उपचार गर्न सफल भएकोले अब तेस्रो लहर आउन लागेकाले त्यसको तयारीमा आफुहरु रहेको प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताउनुभयो । कोरोनाका बिरामीलाई दोस्रो लहरमा पनि उपचारमा सकेको प्रयास गरिएको र अहिले पनि कुनै कमी हुन नदिने अस्पतालले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका र उद्योगसंघले दिएको अक्सिजन प्लान्ट सञ्चालन भइरहेको र अब फेरी अर्को अक्सिजन प्लान्ट केही दिनमानै सञ्चालन हुने भएकाले बाहिरबाट अब अक्सीजन खरिद गर्नुपर्ने बाध्यता नरहेको उहाँले बताउनुभयो । कोरोनाका बिरामी जाँच गराउनका लागि आइसीयु, एचडीयु, भेन्टीलेटर, इमरजेन्सी वार्ड तयारी हालमा रहेको बताउनुभयो ।

ऋब अस्पतालको लागि भौतिक पूर्वाधार अभाब हट्दै गएको बताउँदै प्रेस रजिष्टार प्रसाईले भन्नुभयो–‘नयाँ निर्माण भएको भवन पुरा हुँदै छ । दुइ महिना भित्रमा हस्तान्तरण भएपछी झनै सहज हुने र अर्को भवन निर्माणको काम पनि तिब्र गतिमा भइरहेको छ ।’ प्रष्ठिानको डाक्टर र नर्ष अध्यापन गराउनका लागि हेटौंडाको टिसीएनमा भवन निर्माणका लागि टेण्डर भइसकेको उहाँले बताउनुभयो ।

प्रतिष्ठानको शैक्षिक भवनको टेण्डरपछी अबको केही वर्षमा आफ्नै भवनमा राखेर पढाउन सकिने प्रतिष्ठानका चिरन्जीबी चुडालले बताउनुभयो । अहिले अस्पतालको फोहोरमैला पनि व्यावस्थापन भएको उहाँले बताउनुभयो । अस्पतालमा डेण्टल पनि सुरु गर्ने तयारी गरिएको छ । अस्पतालका कर्मचारीलाई कोरोना संक्रमण भइसकेकोले सावधानी पनि अपनाइएको अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर रामचन्द्र सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया