‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक

पालिका डायरी
३० पुष २०७८, १८:४५
‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक

‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ। अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको फिल्मको टिजर शुक्रबार ‘बुढासुब्बा डिजिटल’को युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।

फिल्ममा रमणीय क्षेत्रमा अनमोल र सुहानाबीचको रोमेन्सलाई देखाइएको छ। आगामी वर्षको १ वैशाखमा प्रदर्शनमा आउने यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी छन्।

फिल्म सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको हो। फिल्मको झरनाले लेखेकी हुन् भने पटकथा र संवाद थापासँगै छेतन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्याट्रिक पौडेल, उपकार पाण्डे र माधव शर्माले संयुक्त रुपमा लेखेका छन्। फिल्मको सहायक निर्देशक बसन्त अधिकारी रहेका छन्।

प्रतिक्रिया