एकैदिन थपिए ५०८७ जना कोरोना संक्रमित

पालिका डायरी
३० पुष २०७८, १८:१५
कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा २० हजाए ५ सय ६० जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६ सय १३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३ सय ६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया