तत्काल चाहिनेले सात दिनमै स्मार्ट लाइसेन्स पाउने

पालिका डायरी
२९ पुष २०७८, १८:०५
तत्काल चाहिनेले सात दिनमै स्मार्ट लाइसेन्स पाउने

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) तत्काल चाहिनेले एक साता अगाडि आवेदन दिन अनुरोध गरेको छ।

छपाइमा दिएको एक सातापछि मात्र लाइसेन्स आउने भएकाले अगाडी नै आवेदन दिन सूचना जारी गरेको हो।

बिहीबार एक सूचना जारी गर्दै विभागले अत्यावश्यक पर्ने (विदेश जाने, शान्ति सेनामा जाने, सेना,प्रहरी तथा अत्यावश्यक ) लाई एक सातामा उपलब्ध गराउने भएको छ। सवारी चालक अनुमति पत्र प्रिन्ट गरी आउन सात दिन लाग्छ। यसरी अत्यावश्यक हुनेले सोही बमोजिम खुलाएर आबेदन दिनु पर्नेछ।

लाइसेन्स छाप्ने कार्ड अभाव भएको भन्दै २०७७ फागुनदेखि लाइसेन्स छपाइ रोकिएको थियो। गत वर्षदेखि रोकिएको लाइसेन्स छपाई गत १३ पुसबाट सुरु गरिएको थियो।

प्रतिक्रिया