शालीनदीमा हुँदै आएको माधवनारायण स्वस्थानी व्रतको यसवर्ष विधिमात्र पूरा गरिने

पालिका डायरी
२९ पुष २०७८, १७:४८
शालीनदीमा हुँदै आएको माधवनारायण स्वस्थानी व्रतको यसवर्ष विधिमात्र पूरा गरिने

काठमाण्डौको साँखु शालीनदीमा परम्परादेखि चल्दै आएको माधवनारायण स्वस्तानी व्रत यसवर्ष विधिमात्र पूरा गरिने भएको छ ।

कोरोनाको सङ्क्रमण जोखिम र सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पालना गरी माधवनारायण व्रतको नित्य पूजा एवम् धार्मिक विधि मात्र पूरा गरिने माधवनारायण व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ।

एक महिना लामो व्रत बस्न साँखु आउने व्रतालुको लगत सङ्कलनको लागि नाम दर्ता एवम् ठाउँ व्यवस्थापन गरिने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । व्रतालुलाई साँखुबाट बाहिर पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण लाने क्रममा आवश्यक सर सामान ओसार्नका लागि गाडीको व्यवस्था गरिएको छ ।

आवश्यक परे एन्टिजेन परीक्षणको व्यवस्था समेत समितिले नै गर्ने भएको छ । यस वर्ष माघ ३ गतेदेखि माधवनारायण व्रत सुरु हुनेछ ।

प्रतिक्रिया