३ हजार ७५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

पालिका डायरी
२८ पुष २०७८, १९:१७
कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर

पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५१ पीसीआर र ३ हजार ९८५ एन्टिजेन परीक्षण गर्दा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६९२ पुगेको छ ।

बुधबार २७८ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संकमितको संख्या ११ हजार ६९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया