१८३ किलो गाँजासहित एक जना पक्राउ

पालिका डायरी
२७ पुष २०७८, १६:२२
१८३ किलो गाँजासहित एक जना पक्राउ

हेटाैंडा ।  तरकारीको क्रेटमा १८३ गाँजा बोकेर आएको पिकअप भ्यानलाई मकवानपुर प्रहरीले नियन्त्रण लिएको छ ।

तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको अवस्थामा १८३ किलो लागुऔषध गाँजासहित एकजना युवक पक्राउ परेका हुन् । पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडातर्फ जादै गरेको प्रदेश ३-०१ ००२२ च ३५५६ नम्बरको पिकअप भ्यानलाई जाँच गर्दा गाँजासहित एकजनालाई पक्राउ गरिएको मकवानपुर प्रहरीका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले जानकारी दिनुभयो ।

पक्राउ हुनेमा भ्यान चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर-२ बस्ने ३० बर्षीय रामचन्द्र सिंतान रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया