भव्यताका साथ रुदानेको ८८ औं जन्मजयन्ती सम्पन्न

पालिका डायरी
२६ पुष २०७८, १७:३२

हेटाैंडा ।  आज पुस २६ गते अर्थात “थाहा आन्दोलन”का प्रणेता स्व. रुपचन्द्र विष्टको ८८ औं जन्मजयन्ती । थाहा नगरपालिका र फरक सोचको आयोजनामा थाहा विकास घरमा भव्यताका साथ सम्पन्न भएको छ ।

फरक सोचका अध्यक्ष यादव जङ्ग रायमाझीको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय सभा सदस्य, सरकारी आश्वासन समितिका सभापति तथा थाहा स्मारक केन्द्रीय समितिका अध्यक्ष रामनारायण विडारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमको अवसरमा थाहानगर उद्योग वाणिज्य संघको तर्फबाट बिपन्न परिवारका लागि ४५ थान कम्बल वितरण गरेको छ । कार्यक्रमको अवसरमा थाहा उत्कृष्ट सम्मानबाट अध्याय रिट्रेट रिसोर्ट प्रा.लि. सम्मानित भएको छ । यसैगरी, पत्रकार प्रताप विष्टले प्रायोजन गर्दै आउनु भएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार कृष्ण सारु मगर र शान्ताराम बिडारी सम्मानित हुनु भएको छ ।

कार्यक्रमको अवसरमा विकास घरको प्राङ्गणमा रहेको रुदानेको शालिकमा प्रमुख अतिथि बिडारीले माल्यार्पण गर्नु भयो । कार्यक्रमको अवसरमा प्रमुख अतिथि बिडारी, थाहानगर प्रमुख लवशेर विष्ट, मनहरी गाउँपालिका प्रमुख एकराज उप्रेती, पत्रकार प्रताप विष्ट, डिभिजन बन कार्यालय प्रमुख बिष्णु प्रसाद आचार्य, नेकपा माओबादी केन्द्रका बागमती प्रदेश सदस्य ज्योती रायमाझी, इन्द्रबहादुर श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, सहकारीकर्मी राममाया खत्री, जनमुखी सहकर्मी अमृत राजथलालगायतले रुदानेको त्याग र अभियानका विषयमा चर्चा गर्नु भएको थियो ।

वक्ताहरुले स्वर्गीय विष्टको दर्शन र अभियानलाई जीवन्त राख्न व्यवहार परिवर्तन हुन आवश्यक रहेको औंल्याउनु भयो । स्व. विष्टलाई अमर राख्न अध्ययनको विषय बनाउन स्थानीय पालिकाहरुले ध्यान पुर्याउनु पर्ने बताइएको छ ।

प्रतिक्रिया