कोरोना लागेपछि ‘कटप्पा’अस्पताल भर्ना

पालिका डायरी
२६ पुष २०७८, १२:२१
कोरोना लागेपछि ‘कटप्पा’अस्पताल भर्ना

 

एजेन्सी।  ‘बाहुबली’ फिल्मबाट चर्चामा आएका ‘कटप्पा’ अर्थात् कलाकार सत्यराज कोरोना संक्रमित भएका छन्। पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार कटप्पालाई चलचित्र छायांकनको क्रममा कोरोना संक्रमण देखिएको थियो । घरमै आसाम गरिरहेका उनको स्वास्थ्य अवस्था थप बिग्रदै गएपछि अस्पताल भर्ना गरिएको हो । हाल उनको अस्पतालमा उपचार जारी छ । अस्पतालले कुनै औपचारिक जानकारी गराएको छैन् ।

 

प्रतिक्रिया