लिपुलेक क्षेत्रमा भारत सलवलाउदा नेपाल मुकदर्शक, मोदीले खुलमखुला अभिव्यक्ति दिँदा सरकार मौन

पालिका डायरी
२४ पुष २०७८, ०८:३९
लिपुलेक क्षेत्रमा भारत सलवलाउदा नेपाल मुकदर्शक, मोदीले खुलमखुला अभिव्यक्ति दिँदा सरकार मौन

अतिक्रमित भूमि कालापानी-लिपुलेकमा भारतले मनोमानी गरिरहँदा नेपाल मुकदर्शक बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलमखुला लिपुलेकमा सडक निर्माण कार्य जरी नै रहेको बताए पनि नेपालले त्यसको जवाफ दिन सकिरहेको छैन ।

केही दिन अघि नरेन्द्र मोदीले अतिक्रमित भूमि कालापानी लिपुलेक क्षेत्रको सडक निर्माण कार्य जारी रहेको बताए । भारत उत्तराखण्डको हल्द्वानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न आएका मोदीले नेपाल भारत विवादित मूमि लिपुलेकमा सडक निर्माण भइरहेको बताएका थिए ।

तर नेपाल सरकारले यसप्रति कुनैपनि धारणा सार्वजनिक गरेको गर्न सकेकाे छैन । प्रधानमन्त्री मोदीले मात्रै होइन्, भारतको उत्तराखण्ड राज्यका गभर्नर गुर्मित सिंहले पनि अतिक्रमित नेपाली भूमि नाबी र गुन्जीको गरे ।

उनले त्यहाँका स्थानीय र भारतीय सुरक्षाकर्मीहरुसँग भेटघाटसमेत गरेका थिए । उनले उक्त क्षेत्रमा गत शनिबार भ्रमण गरेको उनी आँफैले पुष्टि गरेका छन् ।

उनले शनिबार राति नै ट्विटगरेर नाबी र गुन्जी लगायत सीमा क्षेत्रको भ्रमण गरेको बताएका छन् । साथै उनले फोटोसमेत सार्वजनिक गरेका छन् । उनले त्यहाँ काम गरिरहेका सुरक्षाकर्मी तथा मजदुरहरुको उच्च प्रशंसा गरेका छन् । उनीहरुलाई भेट्दा आफू प्रफुल्लित भएको पनि प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया
modi-in-uttarakhanda