एमाले मकवानपुरको आज जिल्ला अधिवेसन, सहमतिमा नेतृत्व चयनको पहल

पालिका डायरी
२३ पुष २०७८, १०:०३
नेकपा एमाले मकवानपुरको अधिवेशनका लागि तयारी तिब्र, आठ सय प्रतिनिधि

हेटौंडा।  एमाले मकवानपुरको आज जिल्ला अधिवेसन हेटौंडामा हुँदै छ । आज दिउसो बन्दसत्रका कार्यक्रम रहेको छ । साझबाट भने बन्दसत्रका कार्यक्रम हुने र उमेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । एमाले मकवानपुरको नेतृत्वका लागि सहमतिमा चयनको पहल भइरहेको छ । तर, अध्यक्ष र पदाधिकारीमा तोकिएको पद भन्दा दोब्बरले आकांक्षा देखाएका छन् ।

जिल्ला कमिटी सदस्यमा भने युवाहरुले हस्क्षपकारी भूमिका खेल्ने तयारी गरेका छन् । नयाँ र सुदृढ पाटी निर्माणका लागि भन्दै एमाले मकवानपुरको पदाधिकारी र सदस्यमा युवाहरुले हस्ताक्षपकारी भुमिका खेल्ने भएका छन् । जिल्ला कमिटीमा युवाहरुले उमेदवारी दिने तयारी गरेका छन् ।

एमाले मकवानपुरको जिल्ला अधिवशेन २३ र २४ गते दुई दिन हुँदै छ । अधिवशेनको लागि जिल्ला कार्यसमिति,प्रतिनिधि छनोट र मनोनित् सहित गरेर ८ सय २ जना प्रतिनिधि रहेका नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताउनुभयो ।

९ हजार ५ सय पार्टी सदस्यता रहेको एमाले मकवानपुरको जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव एक अनिवार्य महिला गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी बन्दैछ ।

अधिवेशन अघि एमाले मकवानपुरले सदस्यता संख्याको आधारमा जिल्लाको स्थानीय तहहरुलाई जिल्ला सदस्यको संख्या छुट्याएको छ ।

कमिटीमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १० जना जिल्ला सदस्यमा पर्ने भएका छन् । ६ जना खुल्लाबाट र ४ जना महिला अनिवार्य गरेर १० जना पर्ने भएका हुन् ।

यसैगरि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका र पूर्वमा पर्ने बकैया गाउँपालिका भित्रका ६/६ जना पर्ने भएका छन् । जसमा ४ जना खुल्लाबाट र २ जना महिला अनिवार्य रहेको छ ।

यसैगरि जिल्ला सदस्यमा जिल्लाको मनहरी, कैलाश, बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकाबाट ५/५ जना पर्ने भएको छ । जसमा खुल्लाबाट ४/४ जना र महिला अनिवार्यबाट एकएक पर्ने भएका छन् । यसैगरि जिल्लाको मकवानपुरगढी र ईन्द्रसरोबर गाउँपालिका भित्रका क्रमशः ४ जना र ३ जना पर्ने भएका जसमा एक एक जना महिला अनिर्वाय रहेको नेकपा सचिब श्रेष्ठले बताउनुभयो । ।

यसैगरि,जिल्ला कमिटीमा मजदुरबाट ४ जना खुल्ला र एक जना महिला गरेर ५ जना,पेशागतबाट १ जना खुल्ला र एक जना महिला गरेर २ जना,दलित २ जना खुल्ला र एक जना महिला गरेर ३ जना, जनजाती, मुस्लिम र अल्पसंख्यकबाट ४ जना खुल्ला २ जना महिला गरेर ६ जना,अन्य खुल्ला १६ जना र महिला खुल्ला १४ जना गरेर १ सय ५ जनाको जिल्ला कमिटी बन्न लागेको एमाले मकवानपुरले जनाएको छ । १ सय ५ सदस्सीय कमिटीमा एमाले मकवानपुरले ३३ प्रतिशत महिला सदस्यताको सुनिश्चिता गरेको नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनपछि सबै जिल्ला कमिटीको अधिवेशन अन्तरगत मकवानपुरको अधिवेशन पनि आज र भोली हुन लागेको हो । । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको हो ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथालीमा रहेको केन्द्रीय कार्यालयको एक्सन रूमबाट ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन एकैसाथ भर्चुअलरुपमा गर्ने एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । मौसमी प्रतिकूलताका कारणले आज जिल्ला अधिवेशन गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ ।

गएको मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठले आजका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो । एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा चुनाव गर्न एमालेले सर्कुलर गरेको छ ।

प्रतिक्रिया