२० वर्षपछि नेपालमै पहिलो पटक धर्म जागरण ज्ञान महायज्ञ हेटौंडामा सुरु हुँदै

पालिका डायरी
२० पुष २०७८, ११:०४
२० वर्षपछि नेपालमै पहिलो पटक धर्म जागरण ज्ञान महायज्ञ हेटौंडामा सुरु हुँदै

 

२० वर्षपछि नेपालमै पहिलो पटक धर्म जागरण ज्ञान महायज्ञ हेटौंडामा सुरु हुँदैछ ।

सोमबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी महायज्ञ आयोजना मुल समारोह समितिले यसबारे जानकारी दिएको हो । राष्ट्र तथा धर्म रक्षाका लागि योगदान पुर्याउने उदेश्यले सपाद सतकोटीहोम महासंकल्पद्वारा ९० दिनको धर्म जागरण महायज्ञ आयोजना हुन लागेको मुल समारोह समितिका संयोजक महेन्द्र अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

हेटौंडा -१० गोरक्षेश्वर मन्दिर परिसरमा हुने सप्ताहव्यापी कार्यक्रम अन्तरगत सोमबार पहिलो दिन कलश यात्रा हुनेछ । बिहान साँढे १० बजे कलशयात्रा सुरु हुने आयोजकले जनाएको छ । यहि पुस १६ गते नेपाल पञ्चधामबाट अग्नि ल्याइ यज्ञकुण्ड प्रज्वलित गरिएको उक्त धामम पुस २७ गतेसम्म हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म हवन हुनेछ ।

मध्यान्ह १२ बजे देखि अपरान्ह ४ बजेसम्म कथा वाचन, ४ बजे देखि साँझ ५ बजेसम्म पितृमोक्ष गंगा आरती र साँभ्m ५ बजेदेखि ६ बजेसम्म भजन किर्तन हुने संयोजक अधिकारीले जानकारी दिनुभयो । हिन्दू धर्म रक्षा र संस्कृत जागरण अभियानको लागि कोटीहोमको सुरुवात गर्न लागिएको धर्मपाल गुरु वशिष्ठले जानकारी दिनुभयो ।

महायज्ञ धर्मसभा विश्वहिन्दु महासंघ अन्तर्राष्ट्रिय, श्रीराम भक्त हनुमान सेवा समिति, हेटौंडा -१० र श्री गोरक्षेश्वर क्षेत्र विकास समिति हेटौंडा- १० को संयुक्त आयोजनामा हुन लागेको हो । महायज्ञमा उठेको रकमबाट धर्मसभा अक्षयकोष खडा गरी विभिन्न धार्मिक गतिविधीहरु गरिने आयोजकले जनाएको छ ।

महायज्ञ सप्ताह व्यापी कार्यक्रममा श्रीनिवासाचार्य, गुरु लहाक्पा लामा, केशव आचार्य दास, उमामहेश्वरी, विष्णु देव, ज्ञानी गुरु बखश सिंह, सुशिला दिदी, नेपाल केशरी मणिभद्र महाराज, धर्माचार्य कृष्णप्रसाद गुरागाई, सन्त माधव महाराज लगाएतले कथा प्रवचन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया