एमाले कम्युनिस्ट आन्दोलनको मूल धारः सुवास चन्द्र ठकुरी

पालिका डायरी
१८ पुष २०७८, ०८:२५
एमाले कम्युनिस्ट आन्दोलनको मूल धारः सुवास चन्द्र ठकुरी

 

फाखेल/  नेपाल एमाले बागमती प्रदेश सदस्य सुवास चन्द्र ठकुरीले एमाले कम्युनिस्ट आन्दोलनको मूल धार र शक्तिशाली पार्टी भएको बताएका छन् ।

शनिबार एमाले ईन्द्रसरोबर गाउँपालिको वडा नंबर ४ कमिटीले गरेको कार्यक्रममा बोल्दै कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउन वृद्धा,अपाङ्ग,एक महिला देखि किसान,मजदुर,श्रमजीवि,विद्यार्थीको महत्वपूर्ण योगदान रहेको बताउँदै एमालेले योगदानको कदर गर्दै सम्मान गरेकोमा खुशि व्यक्त गरे ।

उनले कम्युनिस्ट आन्दोलनको क्रममा विसं २०३३ सालमा नख्खु जेल ब्रेक गरेर फाखेल आएका केन्द्रीय नेताहरुलाई फाखेलले संरक्षण गरेर कम्युनिस्ट आन्दोलनलाई महत्वपूर्ण योगदान गरेको स्मरण गरे । उनले ईन्द्रसरोबरले फाखेल,कुलेखानी,सिस्नेरीले नख्खु जेल ब्रेक अघि र पछिको कम्युनिस्ट आन्दोलनलाई महत्तवूर्ण सहयोग र योगदान गरेको बताए । उनले भनेः कम्युनिस्ट पार्टीको एतिहासिक स्थल,कम्युनिस्ट पार्टीलाई बचायर राखेको स्थल,पार्टीलाई माया गर्ने जर्गेना गर्ने ,कम्युनिस्ट पार्टीको उर्वर भूमि,अगाडी बढाउने स्थल,म यहाँ आउने गर्दा गर्व गर्ने गर्छु ।

सदस्य ठकुरीले भूमिगतकाल,निरंकुश पञ्चायती विरुद्धमा फाखेलले कम्युनिस्ट आन्दोलनलाई जनताको बिचमा विचारलाई स्थापित गर्न देखि संगठन विस्तारलाई महत्तवपूर्ण योगदान गरेको बताए । उनले फाखेलले कम्यनिस्ट आन्दोलनलाई साथ दिँदा राजतन्त्र फाल्न र गणतन्त्र ल्याउन सफल भएको देखि जनताको संविधान बन्न सफल भएको बताए । उनले जनतालाई खुसी र सखी बनाउन एमालेले आफ्नो गाउँ आफै बनाऔं देखि समृद्ध नेपाल सुखी नेपालीको अभियानमा अघि बढिरहेको र विभिन्न विकास निर्माणको कामहरु गरेको र गरिरहेको बताए ।

उनले एमालेलाई सरकारमा चौतर्फी घेराबन्दी गर्दै विकासका कामहरु गर्नबाट रोक गरेको बताए । उनले एमालेको सूर्य चुनाव चिन्ह लिएर विजयी भएर पार्टी र जनताको विश्वासलाई धोका दिएर चोईटिएको बताए । उनले एमाले सरकारमा रहँदा चीनसँगको ऐतिहासिक पारवान सम्झौता,रेलमार्गको डिपिआर, पाईपलाईनबाट पेट्रोल ल्याउन कामदेखि गुमेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा सार्वजनिक गर्नेसम्म महत्वपूर्ण काम गरेको बताए ।

उनले आफ्नो कार्यकालमा उत्तरी मकवानपुरमा यातायात,शिक्षा र स्वास्थयको क्षेत्रमा महत्वपूर्ण कामहरु भएको बताए । उनले आउँदो स्थानीय,प्रदेश र केन्द्रको निर्वाचनले एमाले पुनः सरकारमा जाने र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया