उपाध्यक्ष शाक्यले ९१ वर्षीय लामालाई भनिन्: म एमाले,मैले पार्टी छोडेको छैन पुरै निरन्तर एमालेमा लागे

पालिका डायरी
१८ पुष २०७८, ०८:०२

 

फाखेल/ नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फाखेलमा पुराना कम्युनिस्ट स्थानीय ९१ वर्षीय सानुकान्छा लामासंग भेट गरेकी छन् ।

शनिबार एमाले ईन्द्रसरोवर ४ नंबर वडा कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्न फाखेल पुगेकी उपाध्यक्ष शाक्यले ९१ वर्षीय लामालाई भेट गरेकी हुन् । भेटमा शााक्यले कम्युनिस्ट आन्दोलनमा विसं २०३३ सालमा नख्खु जेल ब्रेक गरेर फाखेल आएका कम्युनिस्ट नेताहरुलाई ९१ वर्षीय लामा लगाएत फाखेलबासीले महत्वपूर्ण सहयोग गरेको बताईन् । उनले ९१ वर्षीय लामा संग पार्टीका कुरा गरिन् । कुरा गर्ने क्रममा उनले भनिन्ः म एमाले,अहिले एमाले भाछु । एमालेनै हो । मैले पार्टी छोडेको छैन् । पुरै निरन्तर लागे । अहिले उपाध्यक्ष,अस्ति महाधिवेशनबाट उपाध्यक्ष ।

९१ वर्षीय लामाले हाल देशमा कम्युनिस्ट पार्टीहरु टुक्रा टुक्रा भईरहेको बताए । उनले एमालले मात्र विकास निमार्णको कामहरु गरेको देखेको बताए । उनले आफुले नेपाली कांग्रेसको सरकार पनि देखेको बताउँदै तर जनताको लागि विकास निर्माणका कामहरु भने एमालले मात्र गरेको देखेको बताए । उपाध्यक्ष शााक्यले हाल आफ्नो पार्टी एमालेका पनि केहि मान्छेहरु बाहिरिएको जानकारी गराईन् । उनले माधव नेपाल,झलनाथ खनाल,माधव पौडेल लगाएतले एमाले छोडेर अर्को पार्टीमा लागेको सुनाईन् ।

उनले भनिन्ः हामीले बुझेरै,एमाले हामीले दुःख गरेर बनाएको हो । त्यसलै एमाले हामीले छोड्न हुदैन भनेर विचार गरेरै आएको हो । उहाँहरु अब एमाले त्याग गरेरै हिड्नुभो।

प्रतिक्रिया