आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दूर्गा प्रसाईंको दाबी

पालिका डायरी
१८ पुष २०७८, ०७:४४
आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दूर्गा प्रसाईंको दाबी

 

काठमाडौं/  नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दूर्गा प्रसाईंले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने र बहुमत हाँसिल गरेर सत्तारोहण गर्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले ‘जनताले अब देशको लागि चाहिने पार्टी नै एमाले हो’ भनेर थाहा पाइसकेको भन्दै आगामी निर्वाचनमा बहुमति ल्याउने गरेका हुन् ।

आगामी निर्वाचनमा जम्मा एक करोड मत खस्यो भने ७० लाख मत त एमालेलाई मात्रै आउने उनको भनाइ छ । उनले आफ्नो पार्टीले देशको विकास र समृद्धिको लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको पनि बताए ।

उनले राज्यले लिने नीतिको कारण देशमा भएका धेरै उद्योग/व्यवसाय हुने अवस्था आउने पनि चिन्ता व्यक्त गरे । एमाले र माओवादी केन्द्र अलग–अलग भइसकेकोले फेरि मिल्ने सम्भावना नरहेको उनले बताए ।

प्रतिक्रिया