गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

पालिका डायरी
१५ पुष २०७८, ०७:४९
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

 

आज तमु ल्होसार । गुरुङ समुदायले आज हर्षोल्लासको साथ तमु ल्होसा पर्व मनाउँदैछन् । तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ वर्ष हो । यी दुई शब्द मिलेर तमु ल्होसार बनेकोले आज गुरुङ समुदायको नयाँ वर्ष हो ।

चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छ । गुरुङ समुदायले आजबाट गाई वर्षलाई विदा गरेर बाघ वर्षलाई स्वागत गर्दैछन् ।

ल्होसारले किसानी जीवनशैली तथा मौसम र प्रकृतिको निकटता प्रतिविम्बित गरेको हुन्छ । ल्होसार नेपालमा मात्र होइन, तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशमा छरिएर रहेका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन् ।

यसैबीच, सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज सार्वजनिक विदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया