काउलीको बोरामा गाँजा ल्याउने तीन जना पक्राउ

पालिका डायरी
१३ पुष २०७८, १७:२०
काउलीको बोरामा गाँजा ल्याउने तीन जना पक्राउ

 

हेटौंडा / मकवानपुर प्रहरीले तरकारीको बोराबाट ६९ किलो ५०० ग्राम लागुऔषध गाँजासहित तरकारी बोकेको अटो र तिनजना पक्राउ परेका छन।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलीले हेटौंडा-१ स्थित पालुङ बसपार्कमा ना १ ह ७६३८ नम्बरको अटोलाई चेकजाँज गर्दा तरकारीको बोरा भित्र लुकाई छिपाई ल्याएको ६९ किलो ५०० ग्राम लागुऔषध गाँजा सहित ३जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अटो चालक चालक मकवानपुर कैलाश- ५ कटहरे घर भई हाल हेटौडा-७ कमाने बस्ने ३४ बर्षीय सिताराम मोक्तान,उक्त लागुऔषध गाँजा ओसारपसारमा संलग्न मकवानपुर कैलाश-१ बस्ने ३३ बर्षीय अमर बहादुर गिरी र सोही ठाउँ बस्ने २६ बर्षीय ईन्द्र बहादुर मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ।

पक्राउ गरिएको गाँजा र मानिसलाई मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।पक्राउ परेका माथि आवश्यक अनुसन्धान सुरु गरिएको मकवानपुर प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले बताएका छन।

प्रतिक्रिया