ऊँटको सुन्दरी प्रतियोगिता : सुन्दर देखिन कसैको ओठको प्लास्टिक सर्जरी त कसैलाई बोटक्स इन्जेक्सन

पालिका डायरी
१२ पुष २०७८
ऊँटको सुन्दरी प्रतियोगिता : सुन्दर देखिन कसैको ओठको प्लास्टिक सर्जरी त कसैलाई बोटक्स इन्जेक्सन

 

संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा एक अचम्मको सुन्दरी प्रतियोगिताको आयोजना भइरहेको छ । यसले ऊँट पाल्नेलाई कौतुहलता जगाइरहेको छ । मानिस आफ्नो पोथी ऊँटलाई लिएर यो मरुभूमिमा पुगिरहेका छन् । कुन पोथी ऊँट सबैभन्दा सुन्दर हुने हो भन्ने कुरा पर्खिरहेका छन् ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विश्वव्यापी भएपनि बहराइन, कुवेत, ओमान, साउदी अरब र कतारका ऊँट पाल्नेहरु यूएईएमा आयोजना भएको अल धाफ्रा महोत्सवका लागि आफ्नो सबैभन्दा राम्रो पोथी ऊँट लिएर गएका छन् । एपीका अनुसार यो साता ४० हजारको हाराहारीमा पोथी ऊँट संयुक्त अरब इमिरेट्सको दक्षिण–पश्चिम मरुभूमिमा पुगेका छन् ।

सबैभन्दा सुन्दर पोथी ऊँटको छनौट कसरी हुन्छ ?

प्रत्येक वर्ष हुने यो सुन्दरी प्रतियोगितामा पाँच सदस्यीय निर्णायकले (जुरी) सुन्दर पोथी ऊँटमाथि आफ्नो निर्णय सुनाउँछन् । जुरीको सदस्यका अनुसार सुन्दर देखिने विषय आँखाबाट मापन गरिने छैन । उट सौन्दर्य शास्त्रको मूल्यांकनको मापदण्ड पुस्ता पहिले नै निर्धारित गरिन्छ । भाले ऊँट धेरै झगडा गर्ने भएकाले यो प्रतियोगितामा सहभागी नगराइएको हो ।

ब्यूटी क्विनका लागि कस्तो हुनुपर्छ पोथी ऊँट ?

आयोजक मध्येका एक मोहम्मद अल–मुहारीले पोथी ऊँटको सुन्दरताको केही मापदण्ड बताएका छन् । उनले एपीलाई बताए अनुसार पोथी ऊँटको गर्धन लामो र पातलो हुन आवश्यक छ । गाला चौडा र खुर ठूलो हुनुपर्छ । ओठ पनि झुन्डिएको हुनुपर्छ । पोथी ऊँटले राम्रो मुद्राका साथै लामो फड्को मारेर हिँड्न आवश्यक छ । यो प्रतियोगिता मानिसको तुलनामा खासै फरक नभएको अल–मुहारीले बताए ।

ब्युटि क्विनका लागि विश्व सुन्दरी जत्तिकै जतनः

​सुन्दरताको मापदण्डलाई लिएर ऊँट पाल्ने मानिस सजग भएका छन् । उनीहरुको पोथी ऊँट प्रतियोगितामा अब्बल होस् भनेर विभिन्न किसिमका कदम उठाइने गरिन्छ । पोथी ऊँटको ओठ बढाउन प्रतिबन्धित बोटक्स सुईकोसमेत प्रयोग गरिन्छ । उनीहरुको हम्प बढाउनका लागि ऊँटलाई सिलिकन मोम इन्जेक्सन लगाइँदै छ । उनीहरुको अनुहार नरम बनाउन र मांसपेशीलाई आराम दिने विषयमा जोड दिइन्छ ।

प्लास्टिक सर्जरीका कारण कयौँ प्रतियोगी बाहिरिए ?

ऊँटको प्लास्टिक सर्जरी गराएका थुप्रै प्रतियोगीलाई यस हप्ता अयोग्य घोषित गर्नुभएको थियो भन्ने प्रश्नको जवाफ दिन यस कार्यक्रमका प्रवक्ता अब्देल हादी सालेहले अस्विकार गरे । अल धफरा फेस्टिभलमा प्रवेश पूर्व सबै ऊँट आर्टिफिशियल टच–अप र हर्मोनको जाँच सहित अन्य गहन मेडिकल टेस्टबाट गुुज्रदै आएका छन् ।

सुन्दर पोथी ऊँटले पाउँछन् ६.६ करोड डलर

यो प्रतियोगितामा धेरै कुरा जोखिममा पर्छन् । अल धफरा पर्वको प्रत्येक क्याटगोरीमा शीर्ष १० विजेतालाई १३ सय देखि १३ हजार ६०० डलरको पुरस्कार दिइने गरिन्छ । मुख्य साउदी प्रतियोगितामा सबैभन्दा सुन्दर पोथी ऊँटलाई ६.६ करोड डलरको पुुरस्कार दिइन्छ । पोथी ऊँटको मोलमलाई लाखौँ दिराममा हुने गर्छ ।

प्रतिक्रिया