भारतको राजधानी नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

पालिका डायरी
१२ पुष २०७८, १०:३५

 

एजेन्सी/ ओमिक्रोन भेरिएन्ट संक्रमणका घटना वृद्धि भएपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइने भएको छ ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार दिल्ली सरकारले सोमबार रातिबाट लागहुने गरि ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको छ ।

पछिल्लो २४ घण्टामा दिल्लीका २९० जनामा नयाँ संक्रमण पुष्टि भएको थियो । उक्त संख्या पछिल्लो ६ महिनायताकै सर्वाधिक भएको बताइएको छ ।

पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको थियो भने सक्रिय संक्रमितको संख्या ११ सयभन्दा बढी छ ।

भारतले पछिल्लो २४ घण्टामा ६ हजार ९८७ व्यक्ति कोभिड–१९ बाट संक्रमित भएको आइतबार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको थियो ।

प्रतिक्रिया