थपिए २१९ संक्रमित, २८३ जना संक्रमणमुक्त

पालिका डायरी
११ पुष २०७८, १७:११
२९६ लाई कोरोना ८ हजार ९७२ परीक्षण

 

नेपालमा पछिल्लो २४ घण्टामा २१९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१८० जनाको पिसिआर र २४९७ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जना मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८५ पुगेको छ ।

आइतबार २८३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल ४ हजार ९०६ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया