मुलुकभर थप २९३ जनामा कोरोना पुष्टि, २६३ द्वारा स्वास्थ्यलाभ

पालिका डायरी
८ पुष २०७८, १६:३४
२९६ लाई कोरोना ८ हजार ९७२ परीक्षण

मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६२६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ५१० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४१ जना र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भए, २ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ६३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०९ हजार ९२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६२६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५५ लाख ९६ हजार २९० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ ।

प्रतिक्रिया