मुलुकभर थप २२० जनामा कोरोना पुष्टि, १ को मृत्यु

पालिका डायरी
५ पुष २०७८, १९:२१
२९६ लाई कोरोना ८ हजार ९७२ परीक्षण

 

मुलुकभर पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ भने नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ । साथै, ८ लाख ९ हजार १५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेकामध्ये ४ हजार ९६४ जना होम आइसोलेसनमा रहेका छन् भने २६१ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै, कोरोना संक्रमित २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

मन्त्रालयका अनुसार १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया