अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानकाे आग्रह

पालिका डायरी
५ पुष २०७८, १३:४६

 

काठमाण्डाै / पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । खानले पाकिस्तानमा सम्भावित मानवीय सङ्कट पैदा हुन नदिन अन्तर्राष्ट्रिय समुदाय समक्ष सहयाेगकाे अपिल गर्नुभएकाे हाे ।

उहाँले भन्नुभएको छ – ‘अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसके त्यहाँ मानवीय सङ्कट पैदा हुनेछ ।‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे बीबीसी हिन्दीमा उल्लेख छ ।

उहाँले अहिले पनि अफगानिस्तानमा ठूलो सङ्कट परेको र यसलाई समयमै समाधानको उपाय नखोज्ने हो भने यसबाट समस्या पनि उत्पन्न हुन सक्ने बताउनुभएको छ । गएको अगष्ट १५ सम्म पनि अफगानिस्तानको करिब आधा जनसङ्ख्या गरिबीमा रहेको र त्यस समयमै यहाँका करिब ७५ प्रतिशत बजेट वैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उहाँले आउँदाे दिनहरु अफगानिस्तानका लागि निकै कष्टकर हुनसक्ने बताउनुभएको छ ।

उहाँले तालिबानकाे शासन सुरु भएपछि अफगानिस्तानकाे अवस्था झन् नाजुक बन्दै गएको बताउनु भयाे । अहिले वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नसकेको भन्दै उहाँले वैदेशिक सहायताका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ ।

उहाँले अफगानिस्तानको अवस्थाको सुधारका लागि विदेशी दाता राष्ट्र र देशले सहयोग गर्नुपर्ने भन्दै सबैको ध्यानाकर्षण गराउनुभएको हो।

प्रतिक्रिया