क्रिसमसका समयमा हुने यात्राले ओमिक्रोन भेरियन्ट थप फैलने अमेरिकी विशेषज्ञको चेतावनी

पालिका डायरी
५ पुष २०७८, ०८:०२
ओमिक्रोनविरुद्ध पनि खोपले काम गर्ने विश्व स्वास्थ्य संगठनको दाबी

 

काठमाण्डाै / अमेरिकाका विशेषज्ञले क्रिसमसका समयमा हुने यात्रा र भीडभाडले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन थप फैलने बताएका छन् ।

कोरोनाविरुद्धको खोपका बाबजुद पनि भेरियन्ट फैलिने जोखिम उच्च रहेको उनीहरुले चेतावनी दिएका छन् । खोप लगाएकाहरुमा पनि सङ्क्रमणको जोखिम रहेको उनीहरुले बताएका बीबीसीले जनाएको छ । ‘ओमिक्रोन थप फैलनेमा कुनै आशङ्का छैन’ अमेरिकी विशेषज्ञ डाक्टर एन्टोनी फौसीले भन्नुभएको छ ।

उहाँले यो भेरियन्ट विश्वमा नै फैलँदै गएको भन्दै महामारी रोकथामका प्रभावकारी कार्यक्रम ल्याउनु पर्नेमा अमेरिकी सरकारलाई सुझाव समेत दिनुभएको छ । ओमिक्रोन भेरियन्ट अहिले विशेषगरी अफ्रिका र युरोपमा फैलिरहेको छ ।

जोखिम बढे पछि फ्रान्स र जर्मनीले यात्रामा प्रतिबन्ध लगाएका छन् भने नेदरल्यान्ड्सले क्रिसमससम्म लकडाउनलाई कडा पारेको छ ।

प्रतिक्रिया