नेपाल भारतसँग पराजित, फाइलनका लागि बङ्गलादेश र श्रीलङ्काको खेलमा भर पर्नुपर्ने

पालिका डायरी
४ पुष २०७८, १७:०६
नेपाल भारतसँग पराजित, फाइलनका लागि बङ्गलादेश र श्रीलङ्काको खेलमा भर पर्नुपर्ने

 

काठमाण्डाै / नेपाल १९ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा भारतसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा आज आइतवार भएको खेलमा नेपाल भारतसँग एक–शून्य गोलले पराजित भएको हो । फाइलन पुग्नका लागि नेपाललाई आजको खेल कम्तीमा बराबरी गर्नुपर्ने थियो ।

नेपालको फाइलन प्रवेशको झिनो आशा भने कायमै रहेको छ । नेपालसँगै सात अङ्क रहेको बङ्गलादेश श्रीलङ्कासँगको खेलमा पराजित भए मात्रै नेपाल फाइलनमा पुग्न सक्नेछ । तर श्रीलङ्का र बङ्गलादेशबीचको खेल बराबरीमा सकियो या बङ्गलादेश विजयी भयो भने नेपाल फाइनल पुग्न असफल हुनेछ । गोल अन्तरमा नेपाल बङ्गलादेश भन्दा अघि रहेको छ ।

नेपालले बङ्गलादेशसँग बराबरी खेलेको थियो भने श्रीलङ्का र भुटानलाई हराएको थियो ।

प्रतिक्रिया