मुलुकभर थप १८१ जनामा कोरोना पुष्टि, २८९ द्वारा स्वास्थ्यलाभ

पालिका डायरी
४ पुष २०७८, १६:३८
ओमिक्रोनविरुद्ध पनि खोपले काम गर्ने विश्व स्वास्थ्य संगठनको दाबी

मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८७२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४ हजार ८३१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८९ जना कोरोनामुक्त भए, १ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०८ हजार ८९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८७२ जनाको परीक्षण हुँदा हालसम्म कुल ५५ लाख ५२ हजार १२५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।

प्रतिक्रिया